भदौ १६ देखि आन्तरिक हवाई सञ्चालन गर्न नदिए आन्दोलन गर्ने : वायुसञ्चाल

वायुसेवा सञ्चालकहरुले आगामी भदौ १६ गतेपछि पनि आन्तरिक हवाई सेवा पुनः सञ्चालन नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

लकडाउन संगै अरबौं घाटा भैसकेको र सेवा नै बन्द हुने अवस्था आएको उनिहरुको जिकिर छ ।

संघले विज्ञप्ती जारी गर्दै हवाई सेवा उद्योगलाई तत्काल सेवामा नल्याउने हो भने सेवा नै बन्द हुन जाने भन्दै सेवा सुचालु गर्न सरकार समक्ष माग गरेको हो ।

संघले कोभिड १९ पछि डब्ल्युएचओ र आईकाओको मापदण्ड र नेपाल सरकारबाट निर्देशित मापदण्ड अनुसार नै वायुसेवा कम्पनीहरु उडानका लागि तयार रहेको पनि स्पष्ट पारेको छ ।

लामो समयसम्म कम्पनी सञ्चालनमा आउन नसक्दा दैनिक आर्थिक क्षति व्यहोरिरहेको भन्दै आवश्यक स्वास्थ्य सुरक्षा मापदण्डसहित सेवा सुचारु गर्न संघले माग गरेको हो ।

सरकारले चाहेमा तत्कालै टिकेटिङ सिस्टमबाट हवाई सेवा प्रयोग गर्ने ग्राहकको कन्टयाक्ट टे«ेसिङ पनि सजिलो रहेको संघद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

हवाई सेवा बन्द हुँदा हजारौंले रोजगारी गुमाउनुका साथै हवाई उद्योग नै धरासायी बन्दै गइरहेको संघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close