विश्वकै पहिलो रुसी कोरोना खोप स्पुतनिक भी तयार

अन्तत विश्व महामारी बनेको कोरोना भाइरस विरुद्ध पहिलो खोप तयार भएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले विश्वकै पहिलो कोरोना भाइरस खोप बनाएको रुसले घोषणा गरेको छ । रुसको स्वास्थ्य मन्त्रालयले उक्त कोरोना भाइरसको खोपलाई स्विकृति दिएको उनले जानकारी दिए । राष्ट्रपति पुटिनले आफ्नी एक छोरीले पनि उक्त खोप पनि लगाइसकेको जानकारी दिए ।
पुटिनले उक्त कोरोना खोपको नाम स्पुटनिक भी राखेका छन् ।
मस्कोको गेमेलिया रिसर्च इन्स्टिच्युटले एडेनोभाइरसलाई आधार बनाएर यो खोप विकसित गरेको हो । रुसले यो खोप आफनो २० बर्षको शोधको परिणाम भएको दावी गरेको छ ।
उक्त खोपको क्लिनिकल परीक्षण १८ जुनमा लन्च भएको थियो जसमा सकारात्मक परिणाम आएको थियो । पुटिनले रुसी स्वास्थ्य मन्त्री मिखाइल मुरास्कोलाई खोपसँग सम्बन्धित सम्पुण अपडेट्स उपलब्ध गराइरहन भनेका छन् ।
खोपको परीक्षणका क्रममा आफ्नी एक छोरी पनि सहभागी भएको पुटिनले जानकारी दिए । पहिलो चरणको खोप लिएपछि उनको सरीरको तापक्रम ३८ डिग्री सेल्सियस पुगेको र अर्को दिन यो ३७ डिग्री सेल्सियसमा झरेको उनले जानकारी दिए । खोपको दोस्रो चरणपछि उनको सरीरको तापमान केही बढेको तर पछि सबै सामान्य भयो । अब उनी राम्रो महसुस गरिरहेकी छिन्, पुटिनले बताए ।
पहिलो उपग्रहको नाममा खोप
यो खोपको नाम विश्वकै पहिलो रुसी उपग्रह स्पुतनिकबाट लिइएको हो । जुन सन् १९५७ मा रुसी अन्तरिक्ष एजेन्सीले प्रक्षेपण गरेको थियो । त्यतिबेला पनि रुस र अमेरिकाबीच अन्तरिक्षमा पुग्ने दौड चरम अवस्थामा पुगेको थियो । त्यसैगरी कोरोना खोपको विकास गर्नका लागि पनि अमेरिका र रुसबीच प्रतिस्पर्धा भइरहेको थियो । राष्ट्रपति पुटिनले रुसी कोरोना भाइरस विरुद्धको खोपको नाम विश्वकै पहिलो उपग्रहको नाम राखेर अमेरिकालाई एक प्रकारले फेरी एक पटक उछिनेको देखाउन चाहेको विज्ञहरुले बताएका छन् ।
रुसका वेल्थ फन्डका प्रमुख किरिल दिमित्रिवले खोपको विकास प्रक्रिया स्पेस रेस जस्तो भएको बताए । उनले युएस टीभीले भने – अमेरिकाले स्पुटनिक ( सोभियत युनियनले बनाएको विश्वको पहिलो उपग्रह) को बारेमा सुनेपछि आश्चर्यचकित परेको यियो । यो कुरा खोपमा पनि भएको छ । रुस त्यहा सबै भन्दा पहिला पुगे ।
रुससँग इबोला र मर्सको उपचारमा काम गरेको अनुभव रहेको र त्यसैबाट वैज्ञानिकहरु यस महामारीको समाधान खोज्न सक्षम भएको उनले बताए ।
१ अर्ब डोजको अर्डर
रुसी कोरोना खोप परियोजनका लागि कोष उपलब्ध गराउने संस्था रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्डका प्रमुख किरिल दिमित्रिजले उक्त खोपका लागि २० देशबाट १ अर्ब डोजको अर्डर प्राप्त भइसकेको जानकारी दिए । सेप्टेम्बर देखि यस खोपको औद्योगिक उत्पादन शुरु हुने सम्भावना रहेको उनले जानकारी दिए । यद्यपी कुन कुन देशले उक्त खोपका लागि अर्डर दिएको हो भन्ने विषयमा उनले खुलाएको छैन ।
स्वास्थ्यकर्मी र शिक्षकलाई प्राथमिकता
रुसी स्वास्थ्य मन्त्री मिखाइल मुरासकोले रुसमा यसबर्षका अक्टोबर देखि ब्यापक स्तरमा कोरोना भाइरस खोप अभियान कार्यक्रम शुरु गर्ने जानकारी दिए । खोप कार्यक्रमका क्रममा चिकित्साकर्मी तथा शिक्षकलाई प्राथमिकता दिइने उनले बताए । सुरुवाटमा यो आम जनताका लागि अत्यन्त कम संख्यामा छुट्याइएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close