वीरगन्जमा नेविसंघको विरोध प्रदर्शनमा प्रहरी हस्तक्षेप

नेपाल विद्यार्थी संघको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ। कोरोना जोखिम तथा न्यूनीकरणसँग सम्बन्धित विभिन्न माग राखेर जिल्ला प्रशासन कार्यालयअगाडि प्रदर्शन गरिरहेका विद्यार्थीमाथि प्रहरी हस्तक्षेप भएको हो।

प्रहरीले विद्यार्थीलाई लाठी प्रहार गरी तितरबितर बनाएको थियो भने केहीलाई नियन्त्रणमा लिएको थियो।

विद्यार्थीले उपचार अभावमा मृत्यु भएकाका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, दोषी अस्पतालमाथि कडा कारबाही गरिनुपर्ने, गरिब तथा असहाय परिवारलाई राहत दिनुपर्ने, स्वास्थ्य सामग्री, चिकित्सक र समयमै उपचारको व्यवस्था गरिनुपर्ने लगायतका पाँचबुँदे माग राखेका छन्।

नेपाल विद्यार्थी संघका जिल्ला सभापति विकास तिवारीको नेतृत्वमा रहेका विद्यार्थी प्रशासन कार्यालयमा भेला भएपछि प्रहरीले लाठी प्रहार गरेको थियो।

केही विद्यार्थी नेताहरुलाई पक्राउ गरेर एकछिनमा छाडिएको नेविसंघले जनाएको छ।

प्रहरी हस्तक्षेपका कारण विद्यार्थीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउन पाएनन्।

समुदाय स्तरमा कोरोना संक्रमण फैलिएपछि पनि निजी अस्पतालले बिरामीलाई भर्ना नलिएको कारण ६ जनाको ज्यान गएको ठहर विद्यार्थीको छ। यस्तो अवस्थामा नारायणी अस्पताल तत्काल सञ्चालन गर्नुपर्ने सभापति तिवारीले बताए।

वीरगन्जमा कोरोनाको अवस्था भयावह हुँदै गएपछि जिल्ला प्रशासन कार्यालयले सूचना प्रकाशित गर्दै सम्पूर्ण अस्पताललाई ओपीडीबाहेक अन्य सेवा सञ्चालन गर्न निर्देशन दिएको थियो। तर

निजी अस्पतालहरुले उक्त निर्देशन अटेरी गरेर भर्ना नदिएका कारण वीरगन्जबासीले अनाहकमा ज्यान गुमाउनुपरे विद्यार्थीको भनाइ छ। उनीहरूले प्रशासनको निर्देशन नमान्ने सम्पूर्ण अस्पताल, स्वास्थ्य संस्था र सम्बन्धित निकायमाथि कारबाही गर्न माग गरेका छन्।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close