नेपाल पुलिस क्लब ८ औं आरबीबी–एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ क्वार्टरफाइनलमा पुगेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा सोमबार भएको खेलमा पुलिसले बुढानीलकण्ठलाई ३–० को सेटमा पराजित गर्यो । पहिलो सेटमा २५–१९ ले जितेको पुलिसले दोस्रो २५–१४ र तेस्रो सेटमा २५–२२ ले आफ्नो पक्षमा पारेको थियो ।
यस्तै, महिलातर्फ न्यूडायमण्डले एपीएफ क्लबलाई ३–१ को सेटमा पराजित गरेको छ। न्यूडायमण्डले एपीएफलाई पहिलो सेटमा २५–१७ पराजित गर्यो ।
दोस्रो सेटमा एपीएफले न्यूडायमण्डलाई २५–१७ ले हराउँदा खेल १–१ को बराबरीमा पुग्यो। न्यूडायमण्डले तेस्रो सेटमा २५–१५ ले र चौथो सेट २५–२३ ले आफ्नो पक्षमा पार्दै खेल जित्यो।
पहिलो खेलमा एभरेष्ट भलिबल क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–१ ले हरायो। पहिलो सेटमा आर्मीसँग एभरेष्ट २६–२४ ले पराजित भयो। यसपश्चात एभरेष्टले आर्मीलाई दोस्रो सेटमा २५–१७, तेस्रो सेटमा २५–१७ र चौथो सेटमा २५–२२ ले पराजित गर्यो।