युवा वडा सभापति खनाल भन्छन्— पार्टीको तल्लो तह बलियो भएपछि मात्रै संगठन मजबुत हुन्छ

सुर्खेत,१२ मंसिर ।

नेपाली कांग्रेस चौकुने गाउँपालिका वडा नम्बर १० का वडा सभापति तल्लो तह बलियो भएपछि मात्रै माथिल्लो संगठन बलियो हुने बताएका छन् ।
संस्थापन पक्ष खड्का समुहबाट उनी एक्लै निर्वाचित भएका थिए । उनी बाहेक अन्य पदाधिकारीमा संस्थापनइतर थानी पक्षबाट निर्वाचित भएका छन् । आफ्ना प्रतिस्पर्धी लोकेन्द्र शाहीलाई दुइ मतले जितेका उनी वडामा पार्टी संगठनलाई बलियो बनाउने तर्फ लागिरहेका छन् । २०६९ सालमा नेपाल विद्यार्थी संघ सरस्वती माध्यामिक विद्यालय घाटगाउँको इकाइ सभापति भएर काम गरेका ज्वाला विगत ७ वर्षदेखि समाजसेवामा पनि उत्तिकै सक्रिय छन् ।
उनले गाउँमा परेका हरेक समस्यालाई समाधान गर्नका लागि युवाहरुलाई समेत परिचालन गर्दै आएका छन् । लास बोक्ने गाडी नपाउँदा कर्णाली चिसापानीबाट छिमेकीको लासलाई बाइकमा घाटगाउँ ल्याएको सम्झदै आफु राजनीतिमा आएको उनले बताए ।
२०७४ सालको स्थानीय निर्वाचनमा हारेको चौकुने १० नम्बर वडालाई अब जिताउनका लागि  वडा कार्यसमितिको बैठक मासिक बसाउने, कोषको स्थापना गर्ने, गाउँपालिका तथा वडामा नागरिकले पाउने सेवासुविधाका बारेमा जानकारी दिई अप्ठारो परेका काममा सहयोग गर्ने, त्यो कोषबाट समस्यामा परेकाहरुलाई सहयोग गर्ने, विभिन्न व्यक्ति र संघ संस्थासँग समन्वय गरी कोषको आकार बढाउने, वडा स्थित पार्टीका हरेक भातृ संघसंगठनलाई चलायमान बनाई अगाडी बढाउने योजना रहेको उनले सुनाए ।
भेरी र कर्णाली नदीले घेरिएको वडालाई प्रचारप्रसार गरी धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न पार्टीका सबै तहसँग समन्वय गर्ने बताए ।
सबै युवाहरुलाई राजनीतिकसँगै कुनै न कुनै व्यवसायमा आवद्ध गराउने अभियान सञ्चालन गर्ने खनालको भनाई छ ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close