
सुनसरीको बर्जु गाउँपालिका-५ बाट करिब चार लाख रूपैयाँ बराबरको ८० बोरा सुर्ती प्रहरीले बरामद् गरेको छ।
भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा उक्त सुर्ती बरामद् गरेको प्रहरीले जनाएको छ।
सुनसरी प्रहरीका अनुसार ५८ बोरा तयारी सुर्ती प्याक गरिएको र २२ बोरा सुर्ती खुल्ला थियो।
भारतीय बजारबाट नेपालतर्फ भन्सार छलेर ठूलो मात्रामा सुर्ती ल्याएर भण्डारण गरेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उक्त सुर्ती बरामद् गरेको हो।
बरामद् सुर्ती आवश्यक कारबाहीका लागि सुनसरी भन्सार कार्यालय कोशी ब्यारेज पठाइएको प्रहरीले जनाएको छ।