आफ्नै तीन वर्षीया छोरी को हत्या गरेको आरोपमा एकजना पक्राउ

बागलुङमा आफ्नै तीन वर्षीया छोरी अरिसा दिनको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बागलुङ नगरपालिका–१२, अमलाचौर घर भई जैमिनी नगरपालिका–४, सर्कुवा बस्ने २० वर्षीय सायर दिन रहेका छन् । उनलाई प्रहरीले बुधबार साँझ पक्राउ गरेको छ ।
सायरले ढुङ्गाले टाउकोमा प्रहार गरी आफ्नै छोरीको हत्या गरेको भन्ने खबरका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close