त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार दाहाल विरुद्ध उजुरी

राष्ट्रिय सूचना आयोगको निर्देशन कार्यान्वयन नगरेको भन्दै धनकुटा क्याम्पसकी कर्मचारी सरिता भण्डारीले त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार पेशल दाहाल विरुद्ध सूचना आयोगमा उजुरी दिएकी छन् ।
गत माघ ५ गते राष्ट्रिय सूचना आयोगले धनकुटा क्याम्पसकी कर्मचारी सरिता भण्डारीले बेथिती, अनियमितता रोक्न र सुधार गर्न खोजेको हो भन्ने कुरा प्राप्त प्रमाण र कागजातहरुबाट पुष्टि भएको भन्दै त्रिवि रजिष्ट्रारलाई भन्डारीको निम्लबन फुकुवा गर्न र यस अवधिमा प्राप्त गर्नुपर्ने पारिश्रमिक, सुविधा समेत उपलब्ध गराउन निर्देशन दिएको थियो ।
तर, डेढ महिनासम्म पनि रजिष्ट्रारले आयोगको निर्देशन कार्यान्वयन नगरेपछि कार्यान्वयन र जरिवाना गरिपाऊँ भन्दै राष्ट्रिय सूचना आयोगमा उजुरी दिएको भण्डारीले बताइन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close