त्रिभुवन विमानस्थलबाट ९ किलो सुनसहित क्यानडाका नागरिक पक्राउ

त्रिभुवन विमानस्थलबाट ९ किलो सुनसहित क्यानडाका नागरिक पक्राउ परेका छन् । दुबईबाट सुन लिएर आएका क्यानडाका नागरिकलाई विमानस्थलमा चेकजाँचको क्रममा नियन्त्रणमा लिइएको भन्सार विभागका महानिर्देशक चक्र बहादुर बुढाले बताउनुभयो ।
पक्राउ पर्नेमा मोहम्मद कमल माहगोब छन् । त्रिभुवन विमानस्थल भन्सार कार्यालयको टोलीले गए राति १२ बजे उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
उनी फ्लाई दुबईको एफ–२५७३ विमान मार्फत काठमाडौँमा ओर्लिएका हुन् । ३५ वर्षीय माहगोव पहिलोपटक नेपाल आएको थाहा भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close