राष्ट्रपतिमा कांग्रेसबाट रामचन्द्र पौडेलको उम्मेदवारी दर्ता

नेपाली कांग्रेसका रामचन्द्र पौडेलले राष्ट्रपति पदमा उम्मेदवारी दर्ता गर्नुभएको छ । शनिबार नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन २०७९ निर्वाचन अधिकृतको कार्यालय पुगेर पौडेलले उम्मेदवारी दर्ता गर्नुभएको हो ।
संसद सचिवालयका अनुसार प्रस्तावकमा शेरबहादुर देउवा, माधव कुमार नेपाल, नारायणकाजी श्रेष्ठ, अशोक कुमार राई र अब्दुल खान रहेका छन भने समर्थकमा महन्थ ठाकुर, पूर्णबहादुर खड्का, रञ्जिता श्रेष्ठ, चित्रबहादुर केसी र हितराज पाण्डे रहेका छन ।
पौडेललाई माओवादी केन्द्र, जसपा, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी, लोसपा, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close