यातायात व्यवसायी महासंघ कर्णाली संयोजकमा सापकोटा

सुर्खेत । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कर्णाली प्रदेश संयोजकमा रमेशकुमार सापकोटा निर्विरोध निर्वाचित हुनु भएको हो । काठमाडौंमा भएको महासंघको छैटौं अधिवेशनबाट सापकोटा कर्णाली प्रदेश संयोजकमा निर्विरोध निर्वाचितहुनु भएको हो ।
दुई दशक बढीदेखी यातायात क्षेत्रमा कार्यअनुभव सम्हालेका सापकोटा हाल सुर्खेत काँक्रेविहार यातायात प्रा.लि.का अध्यक्ष हुनु हुन्छ । प्रदेश संयोजकमा निर्विरोध निर्वाचित सापकोटाले कर्णाली क्षेत्रमा सञ्चालित यातायात व्यवसायीहरुको हकहितका लागि काम गर्ने उहाँले प्रतिक्रिया दिनु भयो ।

‘संयोजक सपकोटाले सार्वजनिक सवारी र ढुवानीका सवारीधनीहरुले व्यहोर्नु परेका समस्याहरुलाई वस्तुगत रुपमा केलाएर समाधानको लागि पहल गर्ने उल्लेख गरे । २०६८ सालमा काँक्रेविहार यातायातका सह–सचिव रहेका सापकोटा त्यसपछि सात वर्ष सचिवसमेत रहनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close