सल्यानमा प्रचण्ड-नेपाल समुहको ९५ प्रतिशत हिस्सा छ:- नेता ज्वाला

दुर्गा विसी
सल्यान १७, पुस ।
नेकपा प्रचण्ड(नेपाल समुहको बनगाड कुपिण्डेमा प्रशिक्षणत्माक भेलामा नेता प्रकाश ज्वालाले सल्यान जिल्ला आफ्नो समुहको पक्षमा पार्टी कब्जा भएको जनाएका छन् । ५ प्रतिशत केही व्यक्तिहरु उता रहे पनि ९५ प्रतिशतको हिसा आफ्नो समुहमा रहेको दावी गरेका हुन ।
बनगाड कुपिण्डे नगरपालिका प्रचण्ड-नेपाल समुहको अगुवा कार्यकर्ता प्रशिक्षण भेलामा सयौं अगुवा कार्यकर्ताका माझमा रहेर मुख्यवक्ता तथा प्रशिक्षक नेकपा केन्द्रीय सदस्य प्रकाश ज्वालाले केपी समूह सल्यानमा अल्पमतमा रहेको दावि गरे । जनताको वहुदलिय जनवादलाई केपी शर्मा वलीले विघटन गरेको, लत्याएको, कालो दाग लगाएको र हाल आएर पुन जवजलाइ अंगिकार गर्ने खोजेकोमा आश्चर्यजनक भएको उनले बताए । हालसम्म पार्टीका गतिविधि शुन्य र भेला बैठक, जनवर्गीय संगठनका गतिविधि सबै धोस्त पारेको समेत आरोप लगाएका छन् ।
फेरि एमाले वनाउन खोज्नु, हल्ला फिजाउनु भनेको पश्चगामी सोच रहेको उनले जनाए । नेता ज्वालाले अगुवा कार्यकार्ता प्रशिक्षणमा राष्ट्रपति भण्डारीले संसद विघटनको अध्यादेश प्रमाणिकरण गर्न १ सेकेन्ड लगाएको जनाउँदै दुवैले आफ्नो राजनीति भविष्य अन्धकार वनाएको उनको भनाइ छ । ।१ सेकेन्डमा उक्त अध्यादेश राष्ट्रपतिले पास गरेकोमा देशको राष्ट्रपतिले समेत अहित हुने काममा मुछिएको जनाएको छ । देशमा नेपाली जनताले स्थायि शान्ति, सम्वृदि र विकास हुदै गर्दा जनता माथिको घोर अपमान, धोका तथा प्रतिगामी खेल रचिएको जनाएको छ । बनगाड क्षेत्रको पार्टी एक ढिक्का भएर अघि वढ्न गुट र फुटको दिशाबाट भ्रमित नहुन समेत निर्देशन गरिएको छ । कहि कसैले सत्ताको दुरुपयोग नगर्न र जनताको अतिआवश्यक कामकाजमा सहजता दिनु नै अहिलेको मुख्य दायित्व भएको नेता ज्वालाले बताएका छन् ।
देशका ७७ वटै जिल्लामा विशाल शक्ति प्रर्दशन गरेको र यसले पनि प्रचण्ड-नेपाल तर्फ दुईतिहाइ केन्द्रीय सदस्य रहेको ज्वालाको दावी छ । आधिकारिक पार्टी र सुर्य चिन्ह आफ्नो पक्षमा हुने नेता ज्वालाको भनाइ छ । अगुवा कार्यकर्ता भेलामा कुनै अविरानो बाटा विराएका तमाम केही शुभचिन्तकलाई आफ्नो टिममा लाग्न समेत उनले आग्रह गरे ।
पार्टी फुटको संघारमा पुगेको वेला तल देखि माथिसम्म दुई समुहले आआफ्ना भेलालाई तिव्रता दिएका छन्। आज प्रचण्ड-नेपाल समुहको अगुवा प्रशिक्षण भेलामा नेकपा केन्द्रीय परिषद सल्लाहकार समिति सदस्य उमाकान्त शर्मा, कर्णाली प्रदेशका मुख्य मन्त्रीका सल्लाहकार तथा प्रदेश कमेटी सदस्य भिम प्रकाश शर्मा, जिल्ला सचिव कर्णवहादुर वुढाथोकि, कर्णाली प्रदेश परिषद सल्लाहकार समितिका गणेश विसि, निर्वाचन क्षेत्र नं १ का इन्चार्ज कीर्तिवहादुर पुन, जिल्ला कमेटी सदस्य टोपवहादुर विष्ट, धनवहादुर पुन, रविराज शर्मा, वडा अध्यक्ष कमल विक, मोमत रोका, मान सिंह पुरी, गोविन्द डाँगी, शान्त कुमार यरि, टेकबहादुर पुन, कुलवहादुर पुरी, विरवहादुर वुढा लगाएतका नेताहरुको उपस्थिति रहेको थियोे । नेकपा प्रचण्ड(नेपाल समुहका नगर कमेटी अध्यक्ष कीर्तिवहादुर रानाको अध्यक्षता भएको कार्यक्रम सञ्चालन नगर कमेटी सदस्य तुङ्ग विसिले गर्नेु भएको थियोे ।
Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close