प्रधानमन्त्रीमा ओली र देउवाको दावी, राष्ट्रपति भण्डारीकाे कस्तो हाेला निर्णय ?

संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको प्रधानमन्त्रीमा बहालवाला प्रधानमन्त्री केपी ओली र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले दावी पेश गर्नुभएको छ ।

ओली र देउवा दुबै जनाले आफ्ना पक्षमा बहुमत सांसद रहेको जिकीर गर्नुभएको छ । रमाइलो के छ भने दुबै नेताले एमालेका माधव पक्ष र जसपाका सांसदहरुको समर्थन आफूलाई रहेको दावी गर्नुभएको छ ।

ओलीले नेपाल पक्षका २७ सहितका १२१ र जसपाको ३२ सांसद गरी १५३ सांसदको समर्थन आफूलाई रहेकाले प्रधानमन्त्रीमा नियुक्त गर्न दावी गर्नुभएको हो ।

उता, देउवाले पनि आफ्नो दल कांग्रेस, माओवादी केन्द्र, जसपा उपेन्द्र यादव पक्ष र एमालेका नेपाल पक्षका १४९ सांसदको समर्थन रहेको दावी गर्दै शितलनिवासमा पत्र दर्ता गराउनुभएको छ ।

आश्चर्य के भने आजै दिउँसो पत्रकरा सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले आफू दिक्क भएको भन्दै प्रधानमन्त्री नबन्ने घोषणा गर्नुभएको थियो ।
दुई मध्ये कसको दावी उचित हो भन्ने निर्णय गर्ने जिम्मा भने अब राष्ट्रपति भण्डारीको काँधमा आएको छ ।

प्रधानमन्त्री ओलीको इशारामा संवैधानिक दायित्व र कर्तव्य भुलेको आरोप बारम्बार खेप्दै आउनुभएका भण्डारीले लिने निर्णय कत्तिको न्यायिक हुनेछ भन्ने अब केहीबेरमै टुंगो लाग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close