सुवेदीको सुर्खेत माझैमा (भिडियो सहित)

गायक, लेखक, निर्देशक मिलन सुवेदीको सुर्खेत माझैमा गीत सार्वजनिक भएको छ । मिलन सुवेदी युबटुव च्यानलबाट सार्वजनिक भएको गीतमा सुर्खेत जिल्लाका पर्यटकीय स्थललाई गीतमा स्पष्ट रुपमा उतारिएको छ । मिलन सुवेदी र करिश्मा घर्ती मगरको स्वरमा रहेको गीतमा मिलन सुवेदीकै शब्द रहेको छ । मिलन सुवेदी र ज्ञानबहादुर नेपालीको लय रहेको गीतमा जुजु गुरुङले संगीत दिएका छन् । हाल नेपाल विद्युत प्राधिकरणमा कार्यरत सुवेदीले यस गीतको म्युजिक भिडियो भने छिटै बजारमा ल्याउने बताएका छन् ।
गीतमा के छ ?
सुर्खेतमै घर भएका प्रेमीप्रेमीका बीचको माया प्रेमलाई सुवेदीले गीतमा देउती बज्यै बुलबुले सुर्खेत माझैमा, आजै आउ है मेरी सानी भेटौ साझैमा जस्ता शब्दले सुर्खेतको र माया प्रेमको चर्चा गरेका छन् । सानीलेख (हाल वीनपा १६ गर्पन) को गोगनपानी घर भएका प्रेमीले आफ्नी प्रेमिकालाई करेखोलामा बगेर सागर पुग्ने पानीको भेट नभए झै फेरी भेट हुनेमा शंका गर्दै साझमा भेट्न बोलाएका छन् । अर्को तर्फ चिनजान भएको लामो समयपछि केटा भेट्न आएको कुरा केटिले गीतमा प्रति प्रश्नका रुपमा गरेकी छन् । त्यस पछि गायकले केटिको रुप र उमेर सम्हाल्न आग्रह गरेका छन् । कर्ली केशको चर्चा गदैै गायक सुवेदीले जिउँडाल राम्रो भन्दै जवानीलाई सम्हाल्न आग्रह गरेका छन् । प्रेमीको प्रसंशामा प्रेमीकाले जोवान दिने साचि नै हो कि हैन भनी प्रश्न गरेकी छन् ।

गीतको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस ।

गीतमा प्रेमीकाको रुपको चर्चा गर्दै गायक सुवेदीले प्रेमीलाई वास्तविक प्रेमी होइन की भन्ने शंका गर्ने ठाँउ राखेका छन् । प्रेमीको रुपकै चर्चामा विश्वस्त हुदै गीतमा प्रेमीकाले आफूलाई भाग्यमानी भएको बताएकी छन् । रुपकै चर्चामा रहेका प्रेमीले जीवननै सुम्पीने बताएपछि गीतमा प्रेमीकाले अब अन्त कतै मन नदिने प्रतिवद्धता जनाएकी छन् । भर्खरै माया प्रेममा बसेका जोडीको प्रेमिल प्रतिवद्धतालाई गायक सुवेदीले श्रृंखलावद्ध रुपमा गीतमा प्रस्तुत गरेका छन् ।

सुवेदी २०४४ साल यता सुर्खेत जिल्लामा रही जागिरसँगै गीत संगीतमा सक्रिय छन् । उनका हालसम्म एक दर्जन बढि गीतहरु बजारमा आएका छन् । सुर्खेत जिल्लाका सामान्य एवम पर्यटकीय ठाउँहरुलाई समेत सुवेदीले गीतमा समेटी नयाँँ र पहिचान विहिन क्षेत्रको गीत संगीतका माध्यमबाट चर्चा गरेका छन् । हाल उनी सुर्खेतमा रही गीत संगीतको क्षेत्रमा सक्रिय रहेको बागिना समुहको कोषाध्यक्ष समेत रहेका छन् ।

गायक एवम निर्देशक सुवेदीका म्युजिक भिडियोहरु हेर्नुहोस ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close