गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहालले सम्हाल्ने

गृह मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री पुष्पकमल दाहालले सम्हाल्ने भएका छन् । शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीले गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री प्रचण्डले सम्हाल्ने गरी तोक्नु भएको हो ।
रवि लामिछानेले राजीनामा दिएपछि उक्त पद रिक्त छ । तत्कालका लागि प्रधानमन्त्री आफैँले सो जिम्मेवारी सम्हाल्ने गरी राष्ट्रपतिसमक्ष सिफारिस गर्नु भएको थियो ।
“सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संवत् २०७९ ९ ११ गते गठित मौजुदा मन्त्रिपरिषद्का माननीय उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्री रवि लामिछानेले नेपालको संविधानको धारा ७७ को उपधारा २ को खण्ड क बमोजिम मन्त्री पदबाट राजीनामा दिनुभएकोले सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा गृह मन्त्रालयको कार्यभार सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ज्यूले सम्हाल्ने गरी तोक्नुभएको छ,” राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता लीलाकान्त पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close