कांग्रेसको निर्वाचन समितिको बैठक बस्दै

काठमाडौँ — कांग्रेसको केन्द्रीय निर्वाचन समितिले पदाधिकारी र केन्द्रीय सदस्यहरूको मत गणना गर्ने विषयमा छलफल गर्न बैठक बोलाएको छ । १४ औँ महाधिवेशनअन्तर्गत सोमबार भएको मतदानको गणना गर्ने विषयमा छलफल गर्न बैठक बोलाइएको समितिका सदस्य एगराज पोखरेलले जानकारी दिनुभयो ।

बैठकले मतगणना कसरी गर्ने भन्ने व्यवस्थापकीय पक्षको टुंगो लगाएपछि मात्रै मतगणना सुरु हुने उहाँले बताउनु भयो ।

१३ औँ महाधिवेशनमा मतगणनाका लागि १७ दिन लागेको थियो । कांग्रेसले आफ्नो निर्वाचनमा डिजिटल प्रविधिको प्रयोग नगर्दा निर्वाचनको परिणाम आउन समय लाग्ने भएको हो ।

महाधिवेशनमा देशभरका ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधिहरू सहभागी भएका थिए । नेतृत्व चयनकालागि भने ४ हजार ६ सय ७९ मत खसेको छ । अब उपसभापति, महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्यहरूको मतगणना गर्न बाँकी रहेको छ । यसपटक पदाधिकारीसहित १३४ पदमा निर्वाचन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close