राष्ट्रिय सभा सदस्य निर्वाचन ः कर्णालीमा मतदान जारी

 

सुर्खेत । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कर्णाली प्रदेशमा मतदान जारी छ । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत प्रदेश निर्वाचन कार्यालय सुर्खेतमा कुल १९१ मतदाता मध्य हाल सम्म प्रदेश सभा सदस्यहरू ३५ मत मध्यमा ३०, यसैगरि पालिका सदस्यहरू १५६ मत मध्यमा ११६ मतदानले अहिले सम्म मतदान गर्नु भएको छ । विहान ९ बजेबाट शुरू भएको मतदान प्रक्रियामा प्रदेश सांसद र पालिकाका प्रमुख उपप्रमुख र अध्यक्ष(उपाध्यक्षहरूले अहिल मतदान गरिरको छन् । महिला, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र अन्य समूह गरी तीन सिटका लागि ६ जना प्रतिस्पर्धामा रहनु भएको छ ।

महिलातर्फको एक सिटका लागि सत्तारूढ गठबन्धनबाट कांग्रेसकी दुर्गा गुरूङ, प्रमुख प्रतिपक्षी एमालेकी गंगा थापा (महत) ले उम्मेद्वारी दर्ता गराउनु भएको छ । अपाङ्गगता भएका व्यक्ति वा अल्पसंख्यकतर्फको एक सिटका लागि सत्तारूढ गठबन्धनबाट माओबादी केन्द्रका नरबहादुर विष्ट र एमालेका पदमबहादुर माझीले उम्मेदवारी दर्ता गराउनु भएको छ । यस्तै अन्य समूहतर्फको एक सिटका लागि सत्तारूढ गठबन्धनबाट एकीकृत समाजवादीका उदयबहादुर बोहोरा र एमालेका चुडामणि शर्माले उम्मेदवारी दर्ता गराउनु भएको छ । कर्णाली प्रदेशमा प्रदेश सदस्य र पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षसहित एक सय ५६ जना मतदाना रहनु भएको छ ।

प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख, उपप्रमुखको मतभार १८ हो । कर्णाली प्रदेशमा जम्मा मतभार ४ हजार ४ सय ८८ रहेको छ । प्रदेश सभाका सदस्यको एक हजार ६ सय ८० र स्थानीय तहका प्रमुख, उपप्रमुखको मतभार दुइ हजार ७ सय रहेको छ । सत्तारूढ गठबन्धनमा रहेको माओबादी केन्द्रको सबैभन्दा बढी मतभार रहेको छ । माओवादी केन्द्रको सांसद संख्या १२ र स्थानीय तहको प्रमुख, उपप्रमुखको संख्या ५२ रहेको छ । जसको मतभार एक हजार ५ सय १२ हुन्छ । कांग्रेसको कर्णालीमा प्रदेशमा सांसद संख्या ६ र स्थायी तहको प्रमुख, उपप्रमुखको संख्या ४० रहेको छ । जसको मतभार १ हजार ८ हुन्छ ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close