काँग्रेस बैंठक शुरु, सरकारविरुद्ध देशव्यापी आन्दोलनको तयारी

नेपाली काँग्रेसको पदाधिकारी बैठक सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासम शुरु भएको छ । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेललगायत पदाधिकारीहरु सहभागी छन् ।

आजको बैठकमा काँग्रेसले सरकारको कार्यशैलीविरुद्ध लिने रणनीतिबारे छलफल हुने बुझिएको छ । सभापति देउवा ओली सरकारप्रति नरम बनेको भन्दै आलोचना भइरहँदा बुधबार तनहुँमा पुल उद्घाटन गर्न रोकेर प्रहरीले वरिष्ठ नेता रामचन्द्र पौडेललाई नियन्त्रणमा लिएको घटनाले काँग्रेस नेतृत्वमाथि दबाब बढेको छ । देशव्यापी आन्दोलन गरी सरकारविरुद्ध कडा रुपमा प्रस्तुत हुनुपर्ने दबाबसँगै आजको बैठकले यसको तयारी गर्ने बुझिएको छ ।

बुल्दीखोला पुल उद्घाटनमा पुगेका पौडेललाई प्रशासनको निर्देशनमा नियन्त्रणमा लिइएपछि देशव्यापी रुपमा काँग्रेस कार्यकर्ता आन्दोलित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close