राष्ट्रपतिमा जित माग्दै पशुपति दर्शनमा नेम्बाङ

पूर्वसभामुख एवं एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ आगामी २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनमा जितका लागि आशीर्वाद माग्दै पशुपतिनाथ मन्दिरमा पूजाअर्चना गर्न पुग्नु भएको छ । सोमबार नेम्बाङले पशुपतिनाथ मन्दिरमा पूजाअर्चना गर्नुभएको हो ।
एमालेबाट राष्ट्रपति पदका उम्मेदवार नेम्बाङले करिब ४० मिनेट पशुपतिनाथमा पूजाअर्चना गर्नुृभयो। प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभा सदस्यले राष्ट्रपति निर्वाचनमा मतदान गर्नेछन्।
नयाँ राष्ट्रपतिले ३ चैतदेखि कार्यकाल सकिएर बिदाबारी हुन लागेकी राष्ट्रपति विद्यादेवी भण्डारीको स्थान लिनेछन्। आठ दलीय गठबन्धनबाट कांग्रेस नेता रामचन्द्र पौडेलले राष्ट्रपति निर्वाचनमा प्रतिस्पर्धा गर्दै छन्।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close