कर्णाली प्रदेशमा थप ७२ जनामा संक्रमण

सुर्खेत, ११ असार ।
कर्णालीमा कोरोना संक्रमणका ७२ जना थपिएका छन् । प्रदेश अस्पाल सुर्खेत, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा ७२ जना संक्रमित फेला परेका हुन ।
स्वास्थ्य सेवा महाशाखा सुर्खेतका अनुसार सुर्खेतमा गरिएको परीक्षणमा दैलेखका १८ जना, सुर्खेतका १२ जना, कालिकोटका ३ जना, जुम्ला र सल्यानका १÷१ जनामा संक्रमण देखिएको छ । त्यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा बाँके, बझाङ, लमजुङ, कैलाली, दार्चुला, कास्की, गोरखा लगायत विभिन्न २५ जिल्लाका दैलेख र जुम्लामा काम गर्ने २७ जनामा संक्रमण देखिएको छ ।
यो सँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या १ हजार ४ सय ७ पुगेको छ ।
आजै सल्यानबाट ८४ जना, सुर्खेतबाट ३३ जना, दैलेखबाट ७ जना गरी १ सय २४ जना कोरोना निको भइ घर फर्किएका छन् । कर्णाली प्रदेशमा संक्रमण निको भइ घर फर्कनेको संख्या ६ सय ९२ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close