लद्युवित्तको चर्को ब्याजले उठिबास

कमल कुमार न्यौपाने
माघ १०,सुर्खेत । बचत गर्ने बानी बसाउन र अप्ठेरो परेका बेला छिटो ऋण पाउनका लागि शहरदेखि गाउँका कुना कन्दरामा समेत अहिले लघुवित्त संस्थाहरु पुगेका छन् । तर, तिनै लघुवित्तका कारण सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नम्बर ५ का आठ परिवारको उठिबास भएको छ । सहज रुपमा ऋण दिएर गरिबी न्यूनिकरण गरी स्थानीयको जिवनस्तर उकास्ने भनेर खुलेका लघुवित्त संस्थाले चर्को ब्याज लिन थाले पछि अहिले उनिहरु ऋण तिर्न नसक्ने भएपछि उनीहरु थातबास नै छोडेर भाग्नु पर्ने अवस्था आएको हो ।

विशेष गरी गाउँघरमा महिला समूह मार्फत ऋण लगानी गरिरहेका संस्था पनि रकम उठाउन सकिरहेका छन । दोष ऋण लिनेको मात्र होइन, ऋण दिने संस्थाको पनि छ । सदस्यको श्रोतसम्बन्धी जानकारी विनै जथाभावी ऋण दिएर वित्तिय संस्थाले ऋणीहरुको उठिबास लगाएको आरोप स्थानीयको छ ।

नगरपालिकामा अहिले च्याउसरी लघुवित्त संस्था खुलेका छन् । विशेष गरी महिलालाई सदस्य बनाएर वित्तिय कोरोबार गर्ने गरेका छन् । संस्थाले ऋणको प्रयोजन र श्रोत सुनिश्चितता गर्न नसक्दा यस्तो अवस्था आएको जनप्रतिनिधिको भनाई छ ।

यसरी ऋण दिँदा व्यक्तिमात्र होइन, संस्था समेत डुब्ने अवस्थामा पुगेका छन् । त्यसैले अस्वस्थ प्रतिष्पर्धाबाट जोगिएर वित्तीय संस्थाले ऋण दिने र लिनेले पनि आफ्नो गच्छे अनुसार ऋण लिएर सदुपयोग गरे सबैको भलो हुने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close