सुदूरपश्चिम का मुख्यमन्त्री कमलबहादुर शाहले आज शपथ लिँदै

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले आज पद तथा गोपनीयताको शपथ लिँदैहुनुहुन्छ । प्रदेश प्रमुखको कार्यालयमा दिउँसो आयोजना गरिने विशेष समारोहमा प्रदेश प्रमुख देवराज जोशीले शाहलाई पद तथा गोपनियताको शपथ गराउनु हुनेछ ।
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह हिजो नियुक्त हुनुभएको थियो । एमालेबाट मुख्यमन्त्री बनेका राजेन्द्र सिंह रावलले विश्वासको मत नपाएपछि प्रदेश प्रमुख जोशीले शाहलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
उहाँ प्रदेश सभाको ठूलो दलको नेताका हैसियतले शाह मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । अब उहाँले एक महिनाभित्र विश्वासको मत लिइसक्नुपर्छ ।
शाह कैलाली निर्वाचन क्षेत्र नम्बर २ (१) बाट निर्वाचित भएका थिए । कांग्रेसको केन्द्रीय महाधिवेशनमा शेखर कोइराला पक्षमा रहेका उहाँ जिल्ला अधिवेशनदेखि संस्थापन अर्थात् देउवा पक्षमा हुनुहुन्छ । उनी ०७० सालमा भएको दोस्रो संविधान सभा निर्वाचनमा पराजित हुनुभएको थियो ।
प्रदेश सभामा नेपाली कांग्रेसका १९ नेकपा माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, सांसद छन् । नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४ र एक जना स्वतन्त्र र राप्रपाका १ सांसद छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close