
साउन २ सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बाट लागु औषध सहित १ जनालाई साउन १ गते दिउसो ४ बजे प्रहरीले पक्राउ गरेको हो ।पक्राउ पर्नेमा कालिकोटको महावै –३ का २४ वर्षीय दिपेन्द्र सिंह रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले ले जनाएको छ । शंकास्पद रुपमा बसिरहेको अवस्थामा फेलापारी सोधपुछ गरी शरिर खानतलासी गर्दा उनकाे साथबाट प्लाष्टिक सहित ५२० (पाँच सय बिस) मिलिग्राम शुद्ध ४१० (चार सय दस)मिलिग्राम लागु औषध (ब्राउन सुगर) जस्तो देखिने धुलो पदार्थ फेलापारी बरामद गरी मानिस सहित नियन्त्रणमा लिई अनुसन्धान कार्य भैईरहेको प्रहरी नायव उपरीक्षक सुरज कार्की जानकारी दिनु भयो ।