कर्णाली प्रदेश सभाको वैठक आज बस्दै

सुर्खेत। सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रले अवरुद्ध पारेपछि स्थगित भएको कर्णाली प्रदेश सभाको वैठक आज बस्दैछ। आज दिउँसो ३ बजेका लागि संसद वैठक बोलाईएको कर्णाली प्रदेश सभा सचिवालयले जनाएको छ।
साउन ३ गते चालु आर्थिक बर्षको बजेटबारे असन्तुष्टि जनाउँदै माओवादी केन्द्र वैठकबाट बाहिरिएको थियो। त्यसयता विभिन्न समयमा बसेको सर्वदलीय वैठकले सहमति गर्न नसकेपछि वैठक आजसम्मका लागि स्थगित गरिएको थियो।
सत्ता गठबन्धन दलबीच भएको छलफल सकारात्मक भएको माओवादी केन्द्रको कर्णाली प्रदेश सभा दलले जनाएको छ। गठबन्धनभित्रका तीन दल (काँग्रेस, माओवादी र समाजवादी) बीच आइतबार छलफल भएको थियो।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close