बुवाको स्मृतिमा पत्रकार शाहिद्वारा एक लाख सहयोग

सुर्खेतका पत्रकार रमेश शाहीले आफ्ना बुवा दलबहादुर शाहीको स्मृतिमा मृगौला पीडित र साझा घरलाई आर्थिक सहयोग गरेका छन् । तीन जना मृगौला पीडितलाई ३०–३० हजार रुपैयाँका दरले र वीरेन्द्रनगर–९ स्थित साझा घर नेपाललाई १० हजार रुपैयाँ सहयोग गरेका हुन् ।
आर्थिक अभावमा डायलाइसिस समेत गर्न नसकेका मृगौला पीडित गुर्भाकोट नगरपालिका– ५ का युवराज गाहा, वीरेन्द्रनगर–२ का राम बहादुर खत्री र वीरेन्द्रनगरकै प्रभात पन्तलाई सहयोग गरेका हुन् ।

 

शुक्रबार पत्रकार शाही र उनकी आमा सरस्वती शाहीले पीडितहरुलाइ उक्त रकम हस्तान्तरण गरेका हुन् । हरेक वर्ष बुवाको स्मृतिमा यस्ता सहयोगका कार्यक्रमहरुलाई निरन्तरता दिने पत्रकार शाहीले बताए । यस्तै घरभाडा र खाद्यान्नको अभाव झेल्दै आएको वीरेन्द्रनगर–९ स्थित साझा घर नेपालका सेवक तपेन्द्र विकलाई उक्त रकम हस्तान्त्रण गरिएको हो । पत्रकार शाहीका स्वर्गीय बुवा दलबहादुर शाहीको गत साल साउन २० गते क्यान्सर रोगबाट मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close