भेरीगंगामा मेयरसहित पाँच जना स्वतन्त्र उम्मेदवारको समर्थन कांग्रेसलाई

भेरीगंगा, २२ बैशाख । भेरींगगा नगरपालिकामा पाँच जना स्वतन्त्र उम्मेदवारले नेपाली कांग्रेसलाई समर्थन गरेका छन् । उनिहरु आज विज्ञप्ती जारी गर्दै आफ्ना उम्मेदवारी फिर्ता लिई कांग्रेसका आधिकारिक उम्मेदवारलाई समर्थन गरेको जनाएका हुन् ।
भेरीगंगा नगरपालिकाको नगरप्रमुख पदमा स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका मानबहादुर बुढा मगरले कांग्रेसलाई समर्थन गर्ने भएका छन् ।
यस्तै, कांग्रेसका आधिकारीक उम्मेदवारलाई समर्थन गर्दै भेरीगंगा नगरपालिका–५ का वडाअध्यक्ष पदका उम्मेदवार ढालबहादुर बराल, महिला सदस्य पदका उम्मेदवार कमला पुन मगर, सदस्य पदका उम्मेदवारहरु मनबहादुर पुन मगर र टोपबहादुर आलेले उम्मेदवारी फिर्ता लिएका हुन् ।
आफ्नो उम्मेदवारी रहेपनि कांग्रेस निकट उम्मेदवारीलाई विजय गराउन आफुहरुले समर्थन गरेको उनिहरुको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close