नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ८२

काठमाडौं । नेपालगञ्जमा थप सात जनामा कोरोना संक्रमण देखिएको छ ।

आज भेरी अञ्चल अस्पताल नेपालगञ्जको प्रयोगशालामा भएको परीक्षणमा नयाँ सात जनामा कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

कोरोना संक्रमण हुनेमा नेपालगञ्ज ८ निवासी २२, ३० र ४० वर्षका तीन जना पुरुष र ०९, ३२, ३४ र ५५ वर्षका चार जना महिलाहरु छन् ।

उनीहरुको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । उनीहरुलाई चिकित्सकको निगरानीमा राखिएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ । आइतवार मात्र एकै दिन १५ जनामा संक्रमण पुष्टि भएको थियो ।

उनीहरु सबै गत शुक्रबार फेला परेका ५८ वर्षिय पुरुषका छिमेकी तथा उनको सम्पर्कमा आएकाहरु हुन् ।

नेपालगञ्ज उपमहानगरपालिका ८ का ५८ वर्षीय पुरुषमा गत शुक्रबार कोरोना संक्रमण पुष्टी भएपछि उनको सम्पर्कमा आएका एक सय जनाको खोजी गरी परीक्षण सुरु गरिएको हो ।

गत शुक्रबार भेटिएका संक्रमित पुरुष लकडाउनको समयमा समेत मस्जिद र मदरसामा आउजाउ गरिरहेकाले उनीबाटै संक्रमण भएको पनि खुलासा भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close