बत्ती बल्ने पत्थर दिने भन्दै ठगी गर्ने गिरोह प्रहरी नियन्त्रणमा

ढुंगा बेल्ने पत्थर बहुमुल्य पत्थर बिक्री गर्ने नाममा ठगी गर्ने गिरोहका सदस्यलाई पर्वत प्रहरीले पक्रेको छ । ढुंगामा बत्ती बल्ने बहुमुल्य पत्थर दिने भन्दै ठगी गरेको आरोपमा पर्वतको फलेबास र म्याग्दीको बेनी बस्ने चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारी अनुसार पक्राउ पर्नेहरुमा पर्वतको फलेबास नगरपालिका वडा नं ५ खानीगाउँका ४० बर्षिय निर्मल बिक, उनकी श्रीमती ३६ बर्षिया गुमा बिक, बागलुङ्ग नगरपालिका वडा नं १४ बलेवा घर भै पर्वतको जलजला गाउँपालिका वडा नं ३ वारी बेनीमा बस्दै आएका २४ बर्षिय मञ्जिल साह र म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुकोट घर भै बेनीबजारको हुलाकचोकमा बस्ने मनिष बोहोरा रहेका छन ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक बुद्धिप्रसाद सुबेदीका अनुसार पक्राउ परेका निर्मल बिकले रुपन्देहीको बुटबल बस्ने एक जना संग सम्पर्क गरि बहुमुल्य पत्थर.(बल्ने पत्थर) आफुँ संग रहेको र धेरै महंगो मुल्यमा बिक्री गर्न सकिने भनेर ५० हजार रुपैया पेस्की लिएका थिए ।

श्रीमती गुमा बिकका नाममा ५० हजार पठाएपछि निर्मलले पिडीतलाई बल्ने ढुांगको बारेमा भिडियो समेत पडाएका थिए । बल्ने ढुंगाका बारेमा बुझ्ने क्रममा यस्तो कृतिम ढंगले बनाइएकोले आफुँ ठगिएको साथै गैह्रकानुनी काममा संलग्न गराउन खोजेको बुझेपछि प्रहरीमा उजुरी गरेका थिए । ‘निर्मल बिक र उनकी श्रीमतीलाई पक्राउ गरेपछि ठगी कार्यमा संलग्न अन्य पनि रहेको भेटिएकाले सबैलाई पक्राउ गरेका हौँ’ उहाँले भन्नुभयो ।

ठगीका रुपमा प्रयोग गरिएका ढुंगा, बनाउन प्रयोग हुने सामाग्रीहरु मञ्जिल साहको कोठाबाट बरामद गरिएको थियो । पक्राउ गरेकाहरुका बारेमा बिस्तृत रुपमा अध्ययन भैरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी बिश्वराज अधिकारीले बताउनुभयो । ‘नक्कली भिडीयो बनाएर ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ।’ उहाँले भन्नुभयो‘यसरी अन्यत्र पनि ठगी हुने पाइएकाले गिरोह नै हुन सक्छ।’

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close