आटले दिएको सफलता

दुःखको समयमा बलियो साथ

 

(प्रस्तुतकर्ता :-सागर खड्का ) वीरेन्द्रनगर–११,सुर्खेत

सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका वडा नं. १३ करेखोलामा स्थायी बसोबास गर्ने भद्रकली पोख्रेलको जन्म सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिका वडा न. १६ भित्रीखोलामा भएको थियो । वुवा तुलाराम पंगाली र आमा कृष्णाकला पंगालीको पहिलो सन्तानको रुपमा वि.स.२०३१ साल चैत्र २६ गते उहाको जन्म भएको थियो । २०४६ सालमा १५ बर्षकै उमेरमा डिलाराम पोख्रेलसंग वैवाहिक सम्बन्धमा बाधिनुभएको थियो । माईतीमा छँदा संघर्षमा बीतेका उहाका दिनहरु बिबाह पछीका केही वर्ष पनि संघर्षमा नै बिताउनु परेको थियो । बिबाह पछीका केही वर्ष श्रीमान पनि केही रोजगारीमा लाग्नुभएको थिएन केही वर्ष पश्चात उहाको श्रीमानले पनि विधुत प्राधिकरण जागीर गर्न सुरु गर्नु भयो उहाका एक छोरा र दुई छोरी गरी तीन सन्तान हुनुहुन्छ ।

एक जनाको कमाइृले मात्र उहाहरुलाई छोरा छोरी पढाउन र दैनिकी चलाउन गाह्रो भईरहेको थियो । तिन सन्तानको जिम्मेवारी थपीए पछि जिविका चलाउन धौ धौ पर्न थाल्यो यसरी दिनहरु बितीरहेका थिए । आनो गाँउमा पनि वातावरण सुधार बहुउद्देश्यीय सहकारी संस्था लि.ले लघुवित्त कार्यक्रम संञ्चालन गर्न आएको जानकारी पाउनुभयो र उँहा पनि २०६९ साल पौष २ गते देखी उक्त कार्यक्रमको सदस्य बनेर बचत गर्न सुरुगर्नुभयो ।
संस्थामा आवद्व भएपछि उँहालाई आर्थिक उपार्जनका अनेकै बाटाहरु खुलेको महशुस भयो । संस्थाको वीरेन्द्रनगर सेवाकेन्दको केन्द्र नं. ५३ सितापुर वातावरण महिला केन्द्रमा आवद्व भएपछि पहिलो पटक १० हजार ऋण लिएर आफ्नाे ब्यवसाय सुरु गर्नुभएको थियो । जसबाट उहालाई केही आम्दानी हुन थाल्यो । थोरै–थोरै किस्ता तिर्नुपर्ने भएको हँुदा किस्ता तिर्न समस्या भएन । यसैगरी दोस्रो पटक ४५ हजार, तेस्रो पटक ७५ हजार गर्दै हाल ए३ारौ प६कको द्ध लाख तीस हजार लिनुभयो । ऋण लिएर हाल भैसी पालन ब्यबसाय संञ्चालन गर्नुभएको छ ।
उहाँले हाल ३ वटा भैसी पालन गर्नुभएको छ । दैनिक २२ देखी २८ लिटर सम्म दुध बिक्रि हुने सो ब्यावसाय बाट दैनिक करिव ११ सय सम्म आम्दानी हुने उहाँको भनाइ छ ।
‘अनुशासित, लगनशिल र इमान्दारी भई निरन्तर लागेमा कुनैपनि कार्यमा सफलता प्राप्त गर्न समय लाग्दैन’ उहाँले भन्नुभयो, ‘संस्थाबाट निरन्तर ऋण लिदै तिर्दै गरेर व्यवसायलाई बृद्धी गरेको छु, आम्दानीमा पनि वृद्धि भएको छ ।’
‘म वातावरण संस्थामा नबसेको भए जीवनमा कुनै परिवर्तन आउने थिएन’ पोख्रेलले भन्नुभयो, ‘अहिले संस्थामा बसेर स्वरोजगार मात्र होइन आम्दानीले जीवनस्तरमै सुधार भएको छ । ’
शूरुमै समुहमा बसेर व्यवसाय गर्ने आट गर्नु भएको पोख्रेलले व्यवसायबाट भएको आम्दानीले दैनिक घरखर्चसँगै बचत पनि गर्नु भएको छ ।
वातावरण सुधार बहुउद्धेश्यीय सहकारी संस्थाको लघुुवित्त कार्यक्रममा बस्दा जीवनमै व्यवसायी बन्न पाएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘लघुवित्तलाई व्यवसायमा प्रयोग गर्न सके जीवननै परिवर्तन हुदो रहेछ । ’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close