आज सातदोबाटो र हिमालयन भिड्दै

 

काठमाडौँ — सहिद स्मारक ए डिभिजन लिग ०७८ मा सोमबार सातदोबाटो र हिमालयन शेर्पाबीच खेल हुनेछ । यो प्रतियोगिताको सातौं चरणका अन्तिम खेल हुनेछ ।

खेल दशरथ रंगशालामा हुनेछ । माथिल्लो डिभिजनको लिगमा नवप्रवेशी रहेको सातदोबाटोको ६ खेलबाट ८ अंक छ र सातौं स्थानमा रहेको छ । हिमालयनको पनि ६ खेलबाट ८ अंक नै छ ।दुवै टिम प्रतियोगितामा तेस्रो जितको खोजीमा हुनेछ । प्रतियोगितामा उत्कृष्ट सुरुआत लिएका सातदोबाटोले पछिल्ला तीन खेलमा एकै अंक मात्र बटुलेको छ । उसमाथि फेरि लयमा फर्कने दबाब हुनेछ । हिमालयन भने पछिल्ला दुई खेल लगातार जितेर उत्साहित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close