राष्ट्रलाई अप्ठेरो पर्दा नेपाली सेना लड्छ : प्रधानसेनापति थापा

प्रधान सेनापति पूर्णचन्द्र थापाले राष्ट्रलाई अप्ठेरो पर्दा नेपाली सेना तयारी अवस्थामा रहेको बताउनु भएको छ । उत्तर पश्चिम पृतना सुर्खेतमा भएको भूतपपूर्व सैनिक सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रलाई अप्ठेरो पर्दा तयारी अवस्थामा रहेको बताउनुभयो ।

मुलुकको स्वाधीनता र सार्वभौमताका लागि नेपाली सेनाको भूमिका महत्वपूर्ण रहेको बताउदै नेपालीलाई एकताबद्ध बनाउन नेपाली सेनाको भूमिका महत्वपूर्ण रहनेमा उहाँले जोड दिनुु भयो ।


सम्मेलनको मुख्य समारोहस्थलमा उमेरले आठ दशक पार गरेका भूपू सैनिकले निकै जोस र जाँगरका साथ पिटी परेड प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपाल इन्भेस्टमेन्ट बैंकले लघुवित्त कार्यक्रममार्फत सहुलियत ब्याजदरमा नेपाली सेनाको संयोजनमा भूपू सेनालाई सहुलियत ब्याजमा कर्जा वितरण समेत गरेको छ । कार्यक्रममा सुर्खेत, दैलेख, जाजरकोट, कालिकोट, जुम्ला, मुुगुु जिल्लाका भूपू सैनिकहरुको सहभागिता रहेको थियो ।

 म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close