Murti

निर्माणाधिन खेल मैदानको काम तीन महिनादेखि अन्यौलमा

 

सुर्खेत,१८ फागुन । वीरेन्द्रनगर नगरपालिका—५ स्थित निर्माणधिन फुटबल खेल मैदानको काम विगत तीन महिनादेखि अन्यौलमा परेको छ ।
राष्टिय खेलकुद परिषदको १३ लाख रुपैयाँ, अर्थ मन्त्रालयको २५ लाख रुपैयाँ, सामाजिक विकास मन्त्रालयको २५ लाख, वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ५ को पाँच लाख रुपैयाँ लगानी बन्न लागेको फुटबल मैदान सालको रुखले अवरोध गरेपछि काम अन्यौलमा परेको हो ।

सिर्जनशिल युवा क्लवद्धारा निमार्ण भइरहेको फुटबल खेल मैदानमा सालका रुखहरुले अवरोध गरेपनि खेलमैदानको काममा ढिलाई भएको स्थानीयको भनाई छ ।
‘जिल्ला वन कार्यालयले रुख काट्न दिएको छैन, दुई—तीन चोटी निवेदन दिइसकेपनि लागत कठ्ठा आएको छैन,’स्थानीय राजेन्द्र शाहीले भने, ‘फिल्डको भित्तामा रहेका सालका केही रुखहरुले खेल मैदान बनाउन अवरोध गरेकाले काम ठप्प रहेको छ ।’
आर्थिक वर्ष २०७७÷०७८ बाट सुरु भएको फुटबल खेल मैदानको काममा सालको रुखहरुले गर्दा अवरोध पु¥याएको सिर्जनशिल युवा क्लवका अध्यक्ष प्रमोद हमालले बताए ।

‘सालको केही रुखहरुले गर्दा फुटबल खेल मेदानको काममा बाधा भएको भनेर काम स्थगित भएको छ,’ अध्यक्ष हमालले भने, ‘डिभिजन वन कार्यालमा धेरै पटक गइसक्यौं तर डिभिजन वन कार्यालयले हाम्रो कुरा सुनुवाई नै गरेन ।’
राम जानकी वन उपभोक्ता समितिले सबै वडाका जनप्रतिनिधि र सम्पुर्ण सरोकारवाला राखेर रुख काट्नुपर्छ भेलाले नै निर्णय गरिएको भएपनि वन कार्यालयको अवरोधले फुटबल मैदानको काम अगाडी बढ्न नसक्दा समस्या परेको हमालले बताए ।

फुटबल मैदानको काम सालको रुखले गर्दा रोकियो भनेर वन उपभोक्ता समितिले डिभिजन वनलाई निवेदन दिँदा जनप्रतिनिधिको र स्थानीयको सहमति ल्याउनु भनेर सोही अनुसार जाँदा पनि अनुमति दिन मिल्दैन भनेर जवाफ दिएको हमालको भनाई छ ।
राम जानकी वन उपभोक्ता समितिले ५० वर्षको लागि क्लवलाई लिजमा दिएपछि रुख कटान गर्न पाउनुपर्ने भएपनि वन कार्यालयले काम गर्न नदिएको क्लवले जनाएको छ ।

आर्थिक वर्ष २०७७÷०७८ को गएको जेठमा नेपाल सरकारले काट्न नमिल्ने भनेर निर्णय गरेकोले डिभिजन वन कार्यालयले अनुमति दिन नसक्ने डिभिजन वन कार्यालयका अधिकृत गोविन्द प्रसाद दाहालले बताए ।
‘सालको रुख नेपाल सरकारले बाहेक अन्य निकायले काट्नै मिल्दैन र वातावरणीय परीक्षण(आईई) गरेर माथि पठाएर प्रदेश सरकारले अनुमति दिए मात्र उक्त रुख काट्न पाइन्छ,’ अधिकृत दाहालले भने, ‘प्रक्रिया पुरा नगर्दासम्म हामीले आवश्यक निर्णय गर्न मिल्दैन ।’

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close