सुदूरपश्चिम प्रदेश सभाबाट आज विश्वासको मत लिने मुख्यमन्त्री शाहको तयारी

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले आज बस्ने प्रदेश सभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने तयारी गर्नुभएको छ ।
नेपाली कांग्रेस संसदीय दल नेतासमेत रहेका शाहले आज दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव राख्ने तयारी गरेका हुन्।
संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा शाह मुख्यमन्त्री बनेका थिए।
मुख्यमन्त्री बनेपछि ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।
मुख्यमन्त्री शाहले विश्वासको मत लिनका लागि प्रदेश सभा बैठक राखिदिन सभामुखलाई पत्राचार गर्नुभएको थियो। सोहीअनुसार सभामुखले आज दिउँसो १ बजेका लागि बैठक बोलाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close