
अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापन केन्द्रले कर्णालीमा अपाङ्गता बालबालिकाका लागि प्रारम्भिक परियोजना’ सञ्चालनमा ल्याएको छ।परियोजनाले सुर्खेत, जाजरकोट र रुकुम पश्चिमका गरिब तथा पिछडिएको वर्गका शारीरिक अपाङ्गता भएका बालबालिकाहरूलाई उपचार, पुनर्स्थापना सेवा प्रदान गरिने जनाएको छ।
सुर्खेतको वीरेन्द्रनगरमा आयोजित परियोजना’ प्रारम्भिक कार्यक्रमका सहभागीहरूले कर्णालीका दुर्गम क्षेत्रमा अझ प्रभावकारी रूपमा काम गर्नुपर्ने आवश्यकता औंल्याएका छन।सहभागिहरूले कर्णाली प्रदेशमा रहेका अपाङ्गता भएका व्यक्तिहरूले अझै पनि संविधानले प्रत्याभूत गरेका आधारभूत हक अधिकारबाट वञ्चित हुँदै आएको गुनासो गरेका छन्।
उनीहरूले शारीरिक अपाङ्गता भएका बालबालिकाहरू उपचार, र पुनर्स्थापनाबाट टाढा रहेको बताएका छन।प्रदेश तथा स्थानीय तहबीच समन्वय नहुँदा अपागंता भएकाहरको समस्या झन् जटिल भएको सहभागिहरूको भनार्इ छ।सरोकारवाहरूले अपाङ्गता भएका व्यक्तिहरूको लागि बनाइएका नीति तथा कार्यक्रमहरू कागजमै सीमित हुने गरेको उल्लेख गर्दै अब भने व्यवहारमै पुग्ने कार्यक्रम आवश्यक भएको बताएका छन।
यस्तै, तथ्यांक अभाव, सेवा वितरणमा डुप्लिकेसन, र प्रदेश तथा स्थानीय सरकारबीच समन्वय नहुनुजस्ता समस्याले अपाङ्गता भएका व्यक्तिहरू झन् पछाडि परिरहेको उनीको भनार्इ छ।कतिपय स्थानमा एउटै व्यक्ति धेरै ठाउँमा सूचीकृत भएको भन्दै वास्तविक पीडितहरू छुटिरहेको उनिहरूको भनार्इ छ।
उनीहरूले परियोजनामार्फत अपाङ्गता भएका बालबालिकाको सही पहिचान, प्राथमिक उपचार, पुनर्स्थापना र पुनःसमावेशीकरण सुनिश्चित गरिने विश्वास व्यक्त गर्दै सरकार र सरोकारवाला निकायलाई थप गम्भीर भएर काम गर्न आग्रह गरेका छन।
कार्यक्रममा अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापन केन्द्रका परियोजनाका प्रोजेक्ट म्यानेजर इरोज श्रेष्ठले संस्थाले स्थापना कालदेखि हालसम्म शारीरिक अपाङ्गता भएका बालबालिकाहरूको पहिचान, उपचार, पुनर्स्थापना र सामाजिक समावेशीकरणमा निरन्तर काम गर्दै आएको बताउनुभयो।उहाँले शहरीदेखि दुरदराजसम्मका लाखौं बालबालिकाको जीवनमा सकारात्मक परिवर्तन ल्याउनु नै आफुहरुको सफलताको सूचक रहेको उहाँको भनार्इ छ।
यसैबीच कार्यक्रममा सहभागी जनप्रतिनिधिहरूले परियोजना सुरु भएपछि कर्णालीका अपाङ्गता भएका बालबालिकाको जीवनमा सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गरेका छन्।कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक गंगाराम सुनारले अपाङ्गता भएका बालबालिकालाई राज्यले प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो।
उहाँले अपाङ्गता भएका बालबालिकाहरूलाई समेट्ने यस्तो परियोजना आएकोमा ठूलो उपलब्धि भएको भन्दै अब ती बालबालिकाले उपचार र पुनर्स्थापनाको सेवा लाग्नुपर्नेमा जोडदिनुभयो।भेरीगंगा नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकालले स्थानीय तहको सक्रियता र समन्वयलाई थप प्रभावकारी बनाउनुपर्ने धारणा राख्नुभयो।उहाँले अव सबै पालिकाहरूले अपागंता पुनस्थापना केन्द्र निर्माण गर्नुपर्ने भन्दै सबै प्रकारका अपागंता भएकाहरूलार्इ त्यहीबाट सेवा दिनुपर्ने उल्लेख गर्नुभयो।
सिम्ता गाउँपालिकाका अध्यक्ष ऐनबहादुर चन्दले अपाङ्गता भएका बालबालिकाको पहिचान र सेवा वितरणमा पारदर्शिता कायम हुनुपर्ने बताउनुभयो।उहाँले स्थानीयतहमा काम गर्दा धेरै चुनौतीमध्ये एउटा अपाङ्गता भएका बालबालिकाको पहुँचको अभाव पनि रहेको भन्दै अब यस परियोजनाले दुर्गम वस्तीमा रहेका बालबालिकाको जीवन सहज बनाउनेछ भन्ने हाम्रो विश्वास व्यक्त गर्नुभयो।
वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १ का अध्यक्ष दिनेश खत्रीले नीति बनाउने मात्र नभएर अब त्यसको कार्यान्वयनतर्फ गम्भीर ध्यान दिनुपर्ने बेला आएको छ।” कार्यक्रममा सरकारी निकाय, स्थानीय तहका जनप्रतिनिधि, सरोकारवाला संस्था र सञ्चारकर्मीहरूको सहभागिता थियो।






