ह्वाइट हाउस र ट्रम्प टावरमा इस्लामिक स्टेटले आक्रमणको योजना बनाएको खुलासा

साउथ क्यारोलिनाका एक व्यक्तिले अमेरिकी राष्ट्रपतिको आधिकारिक निवास ह्वाइट हाउस र राष्ट्रपति डोनाल्ड ट्रम्पको निजी भवन ट्रम्प टावरमा आतंकवादी आक्रमण गराउने योजना बनाइरहेको स्वीकार गरेका छन् । यी व्यक्तिले आफू इस्लामिक स्टेटबाट प्रभावित भएर यस्तो योजना बनाएको बताएका छन् । संघीय अधिकारीहरुले मंगलबार यसको जानकारी दिएको समाचार एजेन्सी एपीले जनाएको छ ।

३४ वर्षका सीन एन्टोनियो म्याथ्युजले सान एन्टोनियोमा मजिस्ट्रेट जजसमक्ष सुनुवाइको क्रममा आतंकवादी संगठन आइएसलाई सामान उपलब्ध गराउनको लागि षड्यन्त्र रचेको अपराध स्वीकार गरेका हुन् । म्याथ्युजका अनुसार उनले टेक्सासकी जेलिन क्रिस्टोफर मेलिनासँग मिलेर मे २०१९ देखि देश र विदेशमा आतंकवादी आक्रमणको लागि थप मानिसहरु भर्ती गर्ने र बम बनाउने जानकारी साझा गर्ने षड्यन्त्र गरिरहेका थिए ।

यी दुवैलाई यो मामिलामा १४ अक्टोबरमा दोषी ठहर गरिएको थियो । म्याथ्युजलाई २०२१ को मार्च ४ मा सजाय सुनाइनेछ । उनलाई २० वर्ष जेल सजाय हुन सक्छ । अहिले उनी संघीय हिरासतमा रहनेछन् । मेलिना पनि अहिले पुलिस हिरासतमा छिन् । दोषी ठहर भएमा उनलाई ४० वर्षसम्म जेल सजाय हुन सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close