आज प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्दै

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालको २ बर्ष उपलब्धीबारे आज संसदमा सम्बोधन गर्ने भएका छन।

प्रधानमन्त्रीको सचिवालयको अनुसार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले बिहान ११ बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको हो।

हिजै प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम तय भए पनि राष्ट्रियसभाका सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन भएपछि नेपाली कांग्रेस को मागबमोजिम संसद बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित भएको थियो।

ओलीको नेतृत्वमा २०७४ फागुन ३ गते सरकार गठन भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close