सर्वोच्चले झिकाएको जाहेरीमा पहिलो नम्बरमै छ गृहमन्त्री लामिछानेको नाम

 सर्वोच्च अदालतले आइतबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध दायर भएको एक मुद्दामा जिल्ला प्रहरी कार्यालय कास्कीमा दर्ता भएको जाहेरी मगाउने आदेश गरेको थियो । सर्वोच्चले झिकाएको उक्त जाहेरीमा पहिलो नम्बरमै गृहमन्त्री लामिछानेको नाम उल्लेख गरिएको छ।

पहिलो नम्बरमा लालचन्द्र लामिछानेका छोरा रवि लामिछाने (गोर्खा मिडिया नेटवर्क प्रालिका प्रबन्ध निर्देशक) भनी सरकारी ऐन र ठगीमा मुद्दा दायर हुनुपर्ने भनी उल्लेख गरेका छन् ।

पीडितहरूको जाहेरीको दोस्रो नम्बरमा ज्ञानबहादुर बमजन, नेत्रपाणि बास्तोला, नन्दकिसोर पुनका छोरा दीपेश पुन र पाँचौँ नम्बरमा गोर्खा मिडिया प्रालिको नाम उल्लेख गरिएको छ। उनीहरुले २०८० माघ २२ गते उक्त जाहेरी दर्ता गरेका थिए । उक्त जाहेरीपछि चौथो नम्बरमा रहेका दीपेश पुनसहितलाई मुद्दा दायर गरियो भने पहिलो नम्बरमै नाम उल्लेख भएका गृहमन्त्री लामिछानेलाई उन्मुक्ति दिइएको थियो ।

यसरी सहकारीको रकम विभिन्न १८ वटा कम्पनीमा गैर कानुनी रूपमा स्थानान्तरण गरिएको दाबी जाहेरीमा गरिएको छ । नेचर हर्बल,नेचर नेष्ट प्रालि,जीवी ग्रुप अफ कम्पनी, गोर्खा आयुर्वेद लगायतका कम्पनीमा स्थानान्तरण गरिएको दाबी गरिएको छ। यी सबै कम्पनी जीवी राई र उनी निकट मानिसहरूको नाममा थियो ।

सर्वोच्चले उक्त जाहेरी हेरेपछि अन्तरिम आदेशका बारेमा निर्णय गर्ने आदेश गरेको छ। सर्वोच्चले अर्को पेशी २८ गते तोकेर सर्वोच्चले सबै विपक्षीहरूसँग लिखित जवाफ पनि मगाएको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close