
लुम्बिनी प्रदेशसभामा नेपाली कांग्रेसको सचेतकमा निमा गिरी नियुक्त हुनुभएको छ । संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले गिरीलाई सचेतकमा नियुक्त गरिएको जानकारी गराउनुभएको हो ।
लुम्बिनी प्रदेशसभामा कांग्रेसका प्रत्यक्षतर्फका १७ र समानुपातिकतर्फका १० गरी २७ सांसद छन् ।