रोल्पामा बम बिष्फोट हुँदा ४ बालबालिकाको मृत्यु

रोल्पामा बम बिष्फोट भएको छ । रोल्पाको त्रिवेणी गाउँपालिका ७ गैरीगाउँमा बम विस्फोट भएको हो । बम बिष्फोटमा परी ४ जना बालबालिकाको मृत्यु भएको छ । बम बिष्फोटको आवाज आएपछि गाउँलेहरु हेर्न जाँदा ४ बालबालिकाको घटना स्थलमै ज्यान गएको थियो ।

बम विस्फोटमा परी ४ बालबालिकाको घटनास्थलमै ज्यान गएको त्रिवेणी गाउँपालिकाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाको डिएसपि चित्रबहादुर गुरुङका अनुसार मृत्यु हुनेमा त्रिवेणि गाँउपालिका ७ का १४ बर्षिय लोकिराम डाँगी, ११ बर्षिय बिमल डाँगी, ५ बर्षिय बिजय खत्रि र बडा नम्बर ४ का १३ बर्षिय गौरव नेपाली रहेका छन् ।

घटनास्थलमा फेला परेको बम हाई एक्सप्लोसिव (एच.ई) बम हुन सक्ने बताईएको छ । बम निष्क्रिय पार्न दहवनस्थित नेपाली सेनाको टोली घटनास्थल तर्फ आउँदै गरेको प्रनाउ गुरुङले जानकारी दिए ।

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी नायव उपरीक्षक गुरुङले जानकारी दिए । सशस्त्र द्वन्द्वका समयमा तत्कालीन विद्रोही माओवादीले लुकाएर राखेको बम बालबालिकाहरूले खेल्ने क्रममा भेट्टाएको र विस्फोट भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close