महामन्त्रीको प्रारम्भिक मतगणनामा गगनको अग्रता

 

काठमाडौं– नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत महामन्त्री पदको जारी मतगणनामा गगन थापाले प्रारम्भिक अग्रता बनाउनु भएको छ ।

बिहीबार पार्टी कार्यालय सानेपामा विहान साढे १० बजेदेखि सुरु भएको मतगणनाको प्रारम्भिक परिणाममा गगन थापाले अग्रता बनाउनु भएको छ ।

१०० मत गन्दा गगनले ७० मत पाउनुभएको छ । विश्वप्रकाश शर्माले ३४, प्रकाशशरण महतले ३१, प्रदीप पौडेलले २७ र मिनेन्द्र रिजालले २१ मत पाउनु भएको छ ।
महामन्त्रीका लागि सभापति शेरबहादुर देउवा प्यानलबाट प्रकाशशरण महत र प्रदीप पौडेल तथा शेखर कोइराला प्यानलबाट गगन थापा र मिनेन्द्र रिजाल प्रतिस्पर्धामा रहनु भएको छ । त्यस्तै प्रकाशमान सिंह प्यानलबाट विश्वप्रकाश शर्मा उम्मेदवार रहँदा डा राजाराम कार्कीले स्वतन्त्र उम्मेदवारी दिनु भएको छ ।

सभापतिमा पहिलो चरणको मतदानमा कुनै पनि उम्मेदवारले जितका लागि आवश्यक ५० प्रतिशत भन्दा बढी मत नपाएपछि मंगलबार पुनःमतदान भएको थयो। उक्त मतदानबाट शेरबहादुर देउवाले शेखर कोइरालालाई पराजित गर्दै सभापति निर्वाचित भएका थिए।

सभापतिको नजिजा आएसँगै अन्य पदको मतगणना कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सुरु गरिएको हो। दुई उपसभापति पदको बुधबार सम्पन्न मतगणनामा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित हुनु भएको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close