वीरेन्द्रनगरलाई वातावरण सुधार समाजको सहयोग

वातावरण सुधार समाज युएसएआइडीको तयार नेपाल परियोजनाबाट वीरेन्द्रनगर नगरपालिकालाई कोभिड प्रतिकार्यका लागि स्वास्थ्य सामग्री सहयोग गरेको छ । वीरेन्द्रनगरमा दिनप्रतिदिन कोभिड संक्रमितको संख्या बढि रहेको अवस्थामा संस्थाले सहयोग हस्तान्तरण गरेको हो ।
नगरपालिकाले सञ्चालन गरेको अस्थायी कोभिड अस्पतालका विरामीको उपचार तथा कोरोना नियन्त्रण कार्यमा सहयोग पुग्ने उद्देश्यले सहयोग गरेको संस्थाकी अध्यक्ष नेत्रा रेग्मीले बताउनु भयो । पर्सनल प्रोटेक्टिभ इक्विप्मेन्ट (पीपीई), आइसुलेशन बेड , थर्मन गन , ग्लोव्स, माक्स, सेनिटाइजर ३५ वोतल सहयोग गरेको छ । अघिल्लो बर्ष समेत कोरोना नियन्त्रण तथा उपचार कार्यमा नगरपालिकालाई वातावरण सुधार समाजले विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close