क्वारेन्टाइनमा बसेका युवकको मृत्यु

बाँकेको नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनमा बसेका २४ वर्षका युवकको मृत्यु भएको छ । नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा बसेका युवकको आज बिहान पौने ७ बजेतिर मृत्यु भएको जिल्ला स्वास्थय कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो। नरैनापुर ५ नयाँ बस्तीका ती युवक वैशाख ३० गते भारतबाट आएपछि क्वारेन्टाइनमा बसेका थिए । ति युवकलाई राती तीन बजेतिर वान्ता भएको बताइएको छ । उनलाई अस्पताल लैजान स्थानीयले एम्बुलेन्सलाई खबर गरे पनि पीपीई नभएका कारण चालकले नेपालगञ्ज लैजान नमानेको स्थानीयले जानकारी दिएका छन् । शव क्वारेनिटनको एउटा कोठामा राखिएको छ । उनको हिंजोमात्र थ्रोट स्वाब संकलन गरिएको थियो । त्यसको रिपोर्ट आज आएपछि उनको कोरोनाबाट मृत्यु भएको हो होइ्न स्पष्ट हुने बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close