धादिङको रुबी भ्यालीमा पहिरोले पुरिएर तीन बेपत्ता

धादिङको रुबी भ्याली गाउँपालिका– १ मा बिहीबार बिहान पहिरो जाँदा डोजरसहित तीनजना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय धादिङका सहायक प्रमुख जिल्ला अधिकारी  (सूचना अधिकारी) ध्रुवप्रसाद कोइरालाले घटनाबारे आफूलाई जानकारी आए पनि यसको पुष्टि हुन नसकेको बताए ।

‘प्रहरी टोली घटनास्थलतर्फ गइरहेकाे छ,’ उनले भने, ‘हाम्रो टोली घटनास्थलमा पुगेर खबर गरेपछि मात्रै  घटनाबारे थप पुष्टि हुनेछ ।’ बाटो खन्ने क्रममा माथिबाट खसेको पहिरोमा पुरिएर डोजरचालक, सहयोगी र एकजना स्थानीय बेपत्ता भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close