कर्णाली र लुम्बिनीका दुई उद्योग वाणिज्य संघबीच मितेरी सम्बन्ध

कर्णाली प्रदेश, राजधानीको सुर्खेत उद्योग वाणिज्य संघ र लुम्बिनी प्रदेशको औद्योगिक शहर भैरहवाको सिद्धार्थ उद्योग वाणिज्य संघ,रुपन्देहीबीच मितेरी सम्बन्ध कायम गरिएको छ।
दुबै संघबीच आपसी सम्बन्ध सुदृढिकरण्ण र आर्थिक विकासमा महत्वपूर्ण योगदान दिनेगरी समन्वय र सहकार्य गर्ने उद्देश्यले दुई उद्योग वाणिज्यबीच मितेरी सम्बन्ध कायम गरिएको हो ।
सोमबार भैरहवामा भएको एक औपचारिक समारोहमा सुर्खेतका अध्यक्ष लक्ष्मण कंडेल र सिद्धार्थनगरका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले समन्वय सहकार्यको १४ बुँदे समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । मितेरी लाउँदा सुर्खेतका अध्यक्ष कंडेलले समकक्षी श्रेष्ठलाई कर्णालीको विशेषता र पहिचान बोकेको अल्लोको टोपी र जुत्ता कोशेली दिए भने श्रेष्ठले ढाका टोपी लगाई दिएर अंकमाल गरे ।
बुद्धजन्मस्थल लुम्बिनी र धार्मिक ऐतिहासिक धरोहर काँक्रेविहारलाई जोड्ने गरी बौद्ध सर्किट स्थापना गरीदुबै क्षेत्रमा रहेका पर्यटकीय गन्तब्यहरुको प्रचार प्रसार एवं प्रवद्र्धन गर्ने गरी संयुक्त पर्यटन प्याकेज विकास गर्ने ।
दुबै क्षेत्रमा औद्योगिक तथा व्यापारिक सम्बन्ध विस्तार गर्ने, ज्ञान, सीप, अनुभव र सूचनाहरु आदानप्रदान गर्ने र आवश्यक्ता अनुसार संयुक्त रूपमा कार्यक्रमहरू आयोजना गर्ने सझदारीपत्रमा उल्लेख छ ।
स्थानीय उत्पादनहरूका लागि बजार पहिचान, प्रवद्र्धन र बजारीकरणका लागि सहकार्य गर्ने, दुबै संघका सदस्य तथा सचिवालय कर्मचारी क्षमता अभिवृद्धिका लागि संयुक्त तालिम, प्रशिक्षण गर्ने घोषणा गरिएको छ ।
यसैगरी दुबै शहरको औद्योगिक तथा व्यापारिक विकासका लागि आवश्यकपर्ने भौतिक पूर्वाधार निर्माणका लागि संयुक्तरुपमा पहल गर्ने, पैरवी, सहकार्य गर्ने जनाइएको छ ।
दुई क्षेत्रका उद्योगीहरुले संयुक्त लगानीमा नयाँ उद्योगहरू स्थापना गर्न चाहेको खण्डमा समन्वयकारी भूूमिका निर्वाह गर्ने, साझा समस्याहरुको पहिचान तथा निराकरणका लागि सहकार्य गर्ने उल्लेख छ ।
दुबै पक्षले बराबर आर्थिक व्ययभार व्यहोर्ने गरी वार्षिक रूपमा कम्तीमा एक वटा संयुक्त कार्यक्रम वा बैठक आयोजना गरी उपलब्धी र अवरोधहरुको समीक्षा गरिने समझदारी पत्रमा उल्लेख छ।
कार्यक्रममा सिद्धार्थ नगरका अध्यक्ष श्रेष्ठले विभिन्न भौगोलिक क्षेत्रका उद्योग वाणिज्य संघहरूबीचको सहकार्य र साझेदारीले समग्र देशको व्यापारिक वातावरणलाई सबल बनाउने विश्वास व्यक्त गर्नुुभयो ।
दुई संघबीचको मितेरी सम्बन्धले दुबै जिल्लाको व्यापार–व्यवसाय विस्तार, उद्योग र उत्पादनको प्रवद्र्धन, लगानीका अवसरहरूको सिर्जना गर्नेमा आपूm विश्वस्त रहेको बताउनुभयो ।
भैरहवामा रहेको अन्तर्राष्टिय विमानस्थलबाट आन्तरिक उडान गर्न सकिए पश्चिम नेपालबाट काम विशेष वा वैदेशिक रोजगारमा जाने नेपालीलाई धेरै शुलभ र सहज हुने भएकाले आपूmहरुले त्यसमा पहल गरिरहेको बताउनुभयो ।
कार्यक्रममा सुर्खेतका अध्यक्ष कंडेलले कर्णालीको कृषि उत्पादन र भैरहवाको औद्योगिक उत्पादनका लागि पहिलो र प्रमुख बजार रहेको उल्लेख गर्नुभयो ।
वर्षौंदेखि नै औद्योगिक तथा व्यापारिक सम्पर्क रहेपनि अब लुम्बिनीदेखि काँक्रेविहारलाई जोडेर पर्यटकीय सम्बन्धपनि विस्तार गर्नुपर्नेमा जोड दिनéयो ।
भैरहवाबाट आन्तरिक उडानका लागि अहिलेसम्म भैरहवा एक्लै बोल्दै आइरहेपनि अब त्यसमा सुर्खेतपनि थपिएका जिकिर गर्दै अध्यक्ष कंडेलले यसका लागि संघीय सरकार र निकायहरुसंग संयुक्त पपहल गर्ने प्रवितद्धता जनाउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close