
सुर्खेत,४ पुस।
गुराँस खबर डटकमका प्रधान सम्पादक रमेश कुमार पाण्डे खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कारबाट सम्मानित हुनु भएकाे छ । आइतबार एक कार्यक्रमको आयोजना गरि नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयले पत्रकारिताको माध्यमबाट खेलकुद क्षेत्रको विकासमा पु¥याएको योगदानको कदर गर्दै प्रधान सम्पादक पाण्डेलाई सम्मान गरेको हो ।
कर्णाली प्रदेशबाट खेलकुदको विकास र विस्तारमा योगदान पु¥याएको भन्दै मन्त्रीस्तरबाट निर्णय भए बमोजिम उहाँलाई खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कारबाट सम्मान गरिको छ ।
उहाँलाई नगद २५ हजार र प्रमाणपत्रसहित सम्मान गरिएको छ ।
सुर्खेतको वीरेन्द्रनगरमा बस्दै आउनु भएका प्रधान सम्पादक पाण्डे विगत १३ वर्षदेखि पत्रकारिता क्रियाशिल रहनु भएकाे छ । हिमालयन टेलिभिजन कर्णाली प्रतिनिधिका रुपमा समेत उहाँ कार्यरत रहनु भएकाे छ ।