काँग्रेस छाया मन्त्रिपरिषद् बैठकः कमिसन काण्डलाई सशक्त ढंगले उठाउने निर्णय

काठमाडौं– नेपाली कांग्रेसको छाया मन्त्रिपरिषदको पहिलो बैठक बसेको छ। बैठकले कुन–कुन मन्त्रालयमा के–कस्ता खालका भ्रष्टाचार भइरहेका छन् भन्नेबारे अध्ययन गरेर सम्बन्धित छाया मन्त्रीहरुलाई रिपोर्टिङ गर्न निर्देशन दिएको छ।

निजामती कर्मचारीलाई निर्वतमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले अश्लिल शब्द प्रयोग गरेको प्रति नेपाली कांग्रेस संदीय दलले आपत्ति जनाएको छ। मन्त्री बाँस्कोटाले सेक्युरिटी प्रेस खरिद प्रक्रियाका लागि कमिसन ‘डिल’ गर्ने क्रममा कर्मचारीहरुलाई अश्लिल शब्द प्रयोग गरेका थिए।

आइतबार बिहान काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको छाया सरकारको मन्त्रिपरिषद् बैठकले सो निर्णय गर्दै निवर्तमान बाँस्कोटाले ७० करोड बढी कमिसन बार्गेनिङ गरेको विषयलाई सशक्त ढंगले उठाउने निर्णय गरेको काँग्रेस राष्ट्रियसभा संसदलीय दलका नेता सुरेन्द्र पाण्डेले जानकारी दिए।

काँग्रेसले यसबारे सोमबार अन्य दलसँग बृहत छलफल गर्ने तयारी गरेको छ। २०७६ सालमा पहिलो पटक बसेको छाया मन्त्रिपरिषद्को बैठकमा छाया मन्त्रीहरुले आफूले गरेका कामहरुको विवरण प्रस्तुत गरेका थिए।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close