बिधुत अनियमितको मारमा गुर्भाकोटबासी

कमल कुमार न्याैपाने

भदौ १९, सुर्खेत । बिधुत नियमित नहुदा सुर्खेत गुर्भाकोट नगरपालिका मेहलकुना बजार क्षेत्रका नागरिक दिनुहँ जसो सास्ती भोग्दै आएका छन् । बिधुत अनियमिता बढ्दै गएपछि स्थानियले नेपाल बिधुत प्राधिकरणलाई बिधुत नियमित गर्न माग गरेका छन् । सुर्खेतको पुर्वी क्षेत्रमा नेपाल बिधुत प्राधिकरणले ११ र ३३ के भी को प्रसारण लाइन बिस्तार गरेको छ । बिधुत नियमित नहुदा यस क्षेत्रका नागरिकहरुले यो समस्या भोग्न थालेको लामो समय बित्यो । स्थानियको यो समस्या समाधानमा बिधुत प्राधिकरणलाई पटक पटक ध्यानकर्षण गराउदा समेत आफनो समस्या कसैले नसुनेको स्थानियहरुले आरोप लगाएका छन् । बिधुत अनियमित हुदा ब्यवसायमा समेत असर परेको स्थानियहरुको गुनासो रहेको छ । बिधुत नियमित नहुदा तथा भोल्टेजको समस्याले ब्यवसायीहरु मर्कामा पर्ने गरेका छन् । बिधुत महुशुल समयमा नै भुक्तानी गरेता पनि बिधुत प्राधिकरणले आफुहरुका समस्यालाई गम्भिर भएर नलागेको स्थानियहरुले आरोप लागाएका छन् ।

तर यता स्थानिय सरकार भने बिधुत नियमित गर्नका लागि लागिपरेको बताउछ । नगरपालिकाले मात्र नभई सबै निकायले आ आफनो स्थानबाट बिधुत नियमित गर्नु पर्नेमा लाग्न आवश्यक रहेको गुर्भाकोट नगरपालिकाको भनाई छ । सरकारको तर्फबाट बिधुत प्राधिकरणलाई हुन सक्ने सहयोग गर्न सधै तत्पर रहेको गुर्भाकोट नगरपालिकाको भनाई छ ।


बिधुतलाई नियमित गर्न नसकेमा उद्योगहरु चल्ल समस्या हुने भएकाले बिधुतलाई नियमित गर्न आवश्यक रहेको निजि क्षेत्रको भनाई छ । कर्मचारीको लापरवाहीले गर्दा पुर्वी सुर्खेतका नागरिकले सास्ती पाएको सुर्खेत उद्योग वाणिज्य सघं सुर्खेका अध्यक्ष लक्ष्मण कडेलले बताउनु भयो । हाल सुर्खेतमा रहेको ३३ के भी बिधुतको लाईनले भोल्टेजमा ठुलो समस्या रहेको र १३२ के भीको लाईन कोहलपुरबाट सुर्खेत पुुगेलगतै यो समस्याको समाधान हुने सुर्खेत उद्योग वाणिज्य सघंको बुझाई छ ।
नेपाल बिधुत प्राधिकरणले भने समस्याको समाधानमा सधै गम्भिर भएर लाग्ने बताउदै आएको छ । सधै जसो नभई कहिलेकाहीमात्र बिधुत आउने जाने गरेको र यसबाट ग्राहकहरुमा असर पर्ने गरेको बिधुत प्राभिकरणको तर्क छ । कोहलपुरबाट सुर्खेत सम्म लामोदुरीका कारण पनि बिधुतमा भोल्टेजको समस्या रहेको प्राधिकरणको भनाई छ ।

हाल सुर्खेतको पुर्वी क्षेत्रमा ७ हजार ५ सय भन्दा बढि नागरिकले बिधुत दैनिकरुपमा उपभोग गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close