
नेपाल बैंक लिमिटेडले ११ जना बाढी पहिरोमा परी ज्यान गुमाउनेको आफन्तलाई राहत प्रदान गरेको छ। गएको असोज १९ गतेबाट परेको अविरल वर्षापछि आएको बाढी पहिरोमा परी ज्यान गुमाउनेका आफन्तलाई राहत प्रदान गरिएको हो । ११ जना मृतकका परिवारलाई १० हजारका दरले राहत दिइएको बैंकका जुम्ला शाखा प्रबन्धक रवि भण्डारीले बताउनुभयो।
बाढी पहिरोमा परी कनकासुन्दरी गाउँपालिकामा एकै परिवारका ५ जना सहित ७ जनाले ज्यान गुमाएका थिए। त्यस्तै हिमा गाउँपालिकामा २ र गुठीचौर गाउँपालिकामा पनि मानवीय क्षति भएको थियो। ५ जना सदस्य गुमाएर भाव विह्वल भएको आफूलाई खोज्दै बैंकले ५० हजार राहत दिँदा सान्त्वना मिलेको राज बहादुर शाहीले बताउनुभयो।