सुर्खेतको एरिचोकमा सांग्रिला डेभलपमेन्ट बैंककाे १०० औं शाखा सञ्चालनमा

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सुर्खेतको एरिचोकमा १०० औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकको १७ औं बार्षिकोत्सवको अवसर पारेर शाखा सञ्चालन गरिएको हो ।
वैंकले १०० वटा शाखा, ३१ वटा एटिएम मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको बताएको छ । बैंकका संस्थापक सेयर धनि कमलराज रेग्मी, गोबर्धन ढकाल, डम्बर अधिकारी, अनन्त अधिकारी, बैकका क्षेत्रिय प्रबन्धक जयन्द्र बहादुर खड्का, लक्ष्मण कडेल लगायतबाट संयुक्त रुपमा कारोवार गरी शाखाको उद्घाटन भएको हो ।

कार्यक्रममको सहजीकरण बैंकका वरिष्ठ अधिकृत राम बहादुर बि. के.ले गर्नु भएको थियो भने कार्यक्रममा सुर्खेतका बिभिन्न ब्यापारी तथा सर्बसाधारणको उपस्थिति रहेको एरिचोक शाखा सुर्खेतका शाखा प्रबन्धक सुदिन सिंहले जानकारी दिनु भएको छ । कार्यक्रममा १० बर्ष सेवा अबधि पुरा गरेका बैंक मा कार्यरत कर्मचारीहरु लाई सम्मान समेत गरिएको थियो ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close