६० बर्ष पुरानो स्कुलको मुहार फेर्न जुटिन प्र.अ. चन्द

बराहताल वडा नं. ९ सिरुपाटा सुर्खेतको सरस्वती माविको स्थापना २०१७ सालमा भएको थियो । विद्यालयको अस्तित्व बचाइ राख्न स्थानीय तथा पूर्व शिक्षकहरुको ठुलो योगदान रहेको छ ।
कक्षा १२ सम्म सञ्चालित विद्यालयमा हाल ७ सय बढि विद्यार्थी अध्ययन गरिरहेका छन् । भौतिक पूर्वाधारको अभावमा विद्यार्थीहरुले सहज वातावरणमा अध्ययन गर्न पाएका छैनन् । स्थानीय, प्रदेश र संघीय सरकारका विभिन्न कार्यक्रमले विद्यालयका भौतिक पूर्वाधार निर्माणमा सहयोग गर्नसक्ने भए पनि विद्यालयको पर्याप्त जग्गा नहुदा ६० बर्ष पुरानो विद्यालयको भौतिक पूर्वाधारमा सुधार आउन सकेको छैन ।

भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस ।

२०७४ साल यता विद्यालयको व्यवस्थापकीय पक्षको नेतृत्व सम्हालेकी प्रअ उषा कुमारी चन्दले विद्यालयको मुहार फेर्नका लागि विगत एक बर्ष यता निकै संघर्ष गरेकी छन् । सरकारी निकायले प्रर्याप्त जग्गा नहुदा भौतिक पूर्वाधारमा सहयोग नगरे पछि प्रअ चन्दले आफैले ५५ हजार ५ सय विद्यालयको खातामा जम्मा गरी विद्यालयका लागि आवश्यक जग्गा किन्ने अभियानको थालनी गरिन । हाल उनले शुरु गरेको अभियानमा १९ लाख नगद जुटेको छ । जसमध्ये १६ लाख जग्गा धनीलाई तिरि सकेको उनले बताइन ।
शनिबार सुर्खेतमा भएको एक कार्यक्रममा त्यस क्षेत्रबाट बसाइ सरी आएका एवम पूर्व विद्यार्थीहरुले विद्यालयका लागि आवश्यक जग्गा खरिदमा सहयोग गर्न १२ लाख ७० हजार दिने प्रतिवद्धता व्यक्त गरका छन् । जस मध्ये झक्कड बहादुर पुलामीले ५ लाख १ हजार, लोकेश रोकायले १ लाख ५० हजार १ रुपैया, मनबहादुर फौजाले १ लाख १ सय ५ रुपैया, दिपेन्द्र पुलामीले ५५ हजार १ सय ५५ रुपैया, नरेन्द्र पुलामीले ५१ हजार ५ सय, पूर्णबहादुर वि.क.ले ५१ हजार, नरसिंह पुलामीले ५० हजार १ सय ५५ रुपैया, रणबहादुर थापाले ५० हजार १ सय ५५ रुपैया, नयाँराम गाहाले ५० हजार १ सय ५५ रुपैया, कृष्णबहादुर पुलामीले ५० हजार १ सय ५ रुपैया, किरण पुन २० हजार, मोहन गौतम १० हजार १ सय १ रुपैया, चन्द्रबहादुर पुलामीले १० हजार दिने प्रतिवद्धता गरेका छन् ।
प्रअ चन्दका अनुसार हाल आवश्यक साढे ९ रोपनी जग्गा खरिदका लागि ४० लाख आवश्यक भएकोमा जग्गा धनी दुर्गबहादुर लामिछानेले २ लाख व्यहोर्ने भएका छन् । जग्गा खरिदका लागि करिव १२ लाख अझै जुटाउनु पर्ने प्रअ चन्दको भनाइ छ । उनका अनुसार जग्गा खरिद भइसके पछि विद्यालयका भवन निर्माणका लागि भौतिक पूर्वाधारका विकास साझेदारी कार्यक्रम अन्तगत ५० लाखको ६ कोठे भवन, बराहताल गाउँपालिकाको विशेष अनुदानमा राष्ट्रिय योजना आयोगमा ३३ कोठे भवन ५ करोड ४१ लाख बराबरको मुल्याकंन गरेर पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close